[Intro]
कसलाई म के भन्ने?
कसले के बुझ्ने?
कसले के गर्ने?
[Chorus]
ज्युन यहाँ गाह्रो भो
काम गरि खान यहा साह्रो भो
कस्तो यो कर्म मेरो?
भाग्य रैछ यस्तै हाम्रो
[Verse 1]
आहै, काम गरि खान साह्रो भो
आफ्नो देश छाडेर लागेछु म है बिदेशतिर
आफ्नो देश छाडेर लागेछु म है पर्देशतिर
[Chorus]
कस्तो यो कर्म मेरो?
भाग्य रैछ यस्तै हाम्रो
आहै, म लागे विदेश तिर (लहै)
[Guitar Solo]
[Bridge]
नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा
गाउँ घर छाडेर (पस्यो कान्छा)
नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा
गाउँ घर छाडेर (पस्यो कान्छा)
नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा
गाउँ घर छाडेर (पस्यो कान्छा)
[Verse 2]
विदेश त गए नि आफ्नो ठाउँ भने आफ्नै रैछ नि
जे जति नै भए नि आफ्नो ठाउँ भने आफ्नै रैछ नि
[Chorus]
कस्तो यो कर्म मेरो?
भाग्य रैछ यस्तै हाम्रो
आफ्नो ठाउँ आफ्नै रैछ नि
[Verse 3]
फर्कन त मन लाग्छ, देशको हाल सोची डर लाग्छ
फर्कन त मन लाग्छ, फर्की के गरुँ भनि डर लाग्छ
[Chorus]
कस्तो यो कर्म मेरो?
भाग्य रैछ यस्तै हाम्रो
के गरु भनि डर लाग्छ
[Verse 3]
येस्तै छ यो कथा कान्छा दाईको व्यथा
जुनी-जुनी देखि येस्तै नै अवस्था
येस्तै छ यो कथा कान्छा दाईको व्यथा
(नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा, गाउँ घर छाडेर)
जुनी-जुनी देखि येस्तै नै अवस्था
(नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा, गाउँ घर छाडेर)
येस्तै छ यो कथा कान्छा दाईको व्यथा
(नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा, गाउँ घर छाडेर)
जुनी-जुनी देखि येस्तै नै अवस्था
(नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा, गाउँ घर छाडेर पस्यो कान्छा)
Müghlan was written by Bipul Chettri.
Müghlan was produced by Sonam Tashi & Bipul Chettri.
Bipul Chettri released Müghlan on Sat Dec 07 2019.
Bipul Chettri:
“Mughlan” in today’s context does not restrict itself to it’s original meaning ‘Land of the Mughals’ but now lends itself to any foreign country extending anywhere from Australia to America.
They say a song once written and sung ceases to belong to its creator. But “Müghlan” is perh...
Five days prior to release of the song, Bipul uploaded a promo video on YouTube: