[Verse 1]
हावा चल्यो यहाँ बेसरी
हल्लियो डाँडापारि बास घारी
उडी जाऊ भने चरी म होइन
बस्न पनि यहाँ मन छैन
पर्खेछु म यहाँ कैले देखि
मेरो ठानी पानी आउँछ कि भनी
[Verse 2]
एउटै छ संसार यो, एउटै जीवन मेरो जिउन मलाई छ अब
बाच्नलाई नि कति मर्न पर्ने
जानु त जाउ कहाँ, भनु कसलाई म यहाँ
बुझ्ने कोही छैन जहाँ, गुनासो मेरो कसलाई सुनाउने
[Verse 3]
भीरैभीर यहाँ वरिपरि
आशै आशमा नै जान्छु कि म मरी
हावा चल्यो यहाँ बेसरी
हल्लियो डाँडापारि बास घारी
हावा चल्यो यहाँ बेसरी
हल्लियो डाँडापारि बास घारी
Bhaans Ghari was written by Bipul Chettri.
Bhaans Ghari was produced by Bipul Chettri.
Bipul Chettri released Bhaans Ghari on Fri Dec 24 2021.