here is “टाढा” 🌙
sending it your way. 📮
there are so many things i can think of for टाढा but for now, i have decided to let the song do the talking. this is definitely one of those songs that you will have to listen to a number of times in a row, so that it can grow, and maybe you will tell me in...
[Verse 1]
थाहा भएन भोलि के हुन्छ भनी
डर लाग्ने कुराहरू त अझै छँदै छन नि
तर सोच्छु, आजभोलि दिनहरू घटिरहेछन् यहाँ
सोच्छु आफैलाई बाँचे मैले कस्तो गरी?
डराएरै सालो साला अरुकै निहुमा एकोहोरो
खेर फाले कि, आफ्नो एउटै जिन्दगीलाई?
भोलि आफ्नो आत्मालाई भेट्दा उत्तर के दिने होला?
कायर यो मुटुसित कति साथ बाँकी होला
[Chorus]
तिमी मेरो सम्झनामा अँध्यारोमा एक्लो चन्द्रमा
तिमी मेरो सम्झनामा अँध्यारोमा एक्लो चन्द्रमा
तिमी मेरो सम्झनामा अँध्यारोमा एक्लो चन्द्रमा
[Verse 2]
थाहा भएन सुरु यो खै कसरी भयो?
भेटदा तिमीलाई सँगै हुन तयार थिइन म
तिमी आयौ यसो गरी पैलादेखि चिनेसरी
निकै पूर्व जन्ममा कतै केही बाचा बाँकी भए जस्तै
बुझिहाल्छौं यतिसम्म बाचामा बाँध्ने मान्छे म हैन
मात्र माग्दैछु यति सँगै सपना देखि बसुमन्?
पहाडहरू कैले नदी, कठिन लहर त आउने नै हो
जिन्दगी छोटो कैले अन्धकारले ढाक्ने नै हो।
[Verse 3]
बनिदेउ अन्त्यसम्मै अन्धकारमा मेरो चन्द्रमा
सबैसँग पर्खि बस्छु गरमको शीतल बर्खामा
तिमीलाई नै खोज्ने गर्छु हरेक शहरको भिडमा
सागर पर, जति टाढा भए पनि, तिमी सँगै देख्नेछु सपना।
[Chorus]
तिमी मेरो सम्झनामा अँध्यारोमा एक्लो चन्द्रमा
तिमी मेरो सम्झनामा अँध्यारोमा एक्लो चन्द्रमा
तिमी मेरो सम्झनामा अँध्यारोमा एक्लो चन्द्रमा
Taadhaa was written by Bartika Eam Rai.
Taadhaa was produced by Diwas Gurung.
Bartika Eam Rai released Taadhaa on Fri Feb 09 2024.