[Verse 1: Abhibyanjana Rubhi Thatal]
बगाई लग्यो प्रकृतिले, मह भन्दा मिठो
भिन्न थियो हिजो, आज अर्कै
बढ्छौं बलियो हृदय लिएर
उहि घामले हर्ष दिन्छ भनि सोचेंर
कहाँबाट कहाँ पुग्ने यो पहाडमा
उज्यालो छ वारिपारि रमणमा
[Pre-Chorus: Both]
ति सानासाना आँखाले भरिदियो मन
हेर्ने छौँ आशा सरि अर्को क्षण
[Chorus: Both]
बाकास भयो घर, भाग्न लाग्यो डर
अगुल्टोले दियो न्यानोपन
चराचुरुङ्गी भए छिमेकी
हाम्रो सानो नौलो संसार
हाम्रो सानो नौलो संसार
[Verse 2: Peeyush Nepal & both]
पुग्यौं हामी यो शान्तीको देश
बादलसंगै उड्दछ मन, सितल हावाले सेलाई लान्छ
नौलो माटोको कोमलतामा रोप्नेछौं खुशीको बिरुवा
हेर्दै बस्नेछौं आकाशमा, लेख्नेछौं आफ्नै भाग्य
[Pre-Chorus: Peeyush Nepal]
ति सानासाना आँखाले भरि दियो मन
हेर्ने छौँ आशा सरि अर्को क्षण
[Chorus: Both]
बाकास भयो घर, भाग्न लाग्यो डर
अगुल्टोले दियो न्यानोपन
चराचुरुङ्गी भए छिमेकी
हाम्रो सानो नौलो संसार
हाम्रो सानो नौलो संसार