[Verse]
रात कहिले कट्छ होला? भोलि कहिले हुन्छ नि?
सुत्नै सकेको छैन म, कहिले तिम्लाई भेट्छु नि?
[Chorus]
थाहा छैन के चाहन्छौ
मान्छौ कि या मान्दैनौ?
[Verse]
आँखामै हेर्न नसके नि अन्तै हेरी लजाइदिनू
छेउमै हुँदा नबोले नि फर्कीफर्की हेरिदिनू
[Chorus]
भन्देऊ न तिम्ले नि पर्खिन्थ्यौ
पर्खेरै अनिदो हुन्थ्यौ
[Verse]
पछ्याइदिन्छ यी नजरले तिम्लाई
लाग्छ केही भन्न खोज्दै थियौ मलाई
"हो, खोज्दै थेँ तिम्लाई" भन्देऊ न
"हो, सोध्दै थेँ तिम्लाई" भन्देऊ न