[Intro]
एकैछिन अभिनय गरौँ न
भनौँ न मेरो तिमी, तिमी मेरो छौ
हर साँझ चिसो
रहेन बिहानी
पर्खनको निम्ति लायक भयाै रे
पुराना साथीहरु बारे भन न
कति खुशी छौ त?
मलाई सोधन
तिम्रा सपनाहरुको कुरा सुनाऊ
मेरा सपनाहरु म तिमीलाई सुनाउँछु
[Chorus]
माग्दिन तिम्रो सारा जुनी
मात्र एकैछिन केबल दुर्इ शब्द
सत्य त हाम्रो यति नै त हो नि
जति बढ्दो छ उमेर, तेती घट्दो छ आँट
एक्लो जननीको मुनि
आकाश भै आजको राती
अनगिन्ती होला सपनाहरुका बिम्ब, कति बिम्ब
तिम्रो-मेरो सपनाले
रंगिएको छ हो आज आकाश
बिम्बआकाश, बिम्बआकाश, बिम्बआकाश, बिम्बआकाश
बिम्बआकाश, बिम्बआकाश, बिम्बआकाश, बिम्बआकाश
[Verse]
एकैछिन साथ बसाैँ न
मलाई, "दिन कस्तो भयो?" मन देखि सोध न
हामी बीचको सम्बन्ध
धमिलो हुदैछ
परिभाषा तर त्यही हो भन न
गल्ती पछुतो सारा सुनाऊ
टिप्पणी बेगर म सुनी रहन्छु
त्यसै गरेर आफ्नो कमजोरी बारे डर बेगर म भनिरहनछु
[Chorus]
माग्दिन तिम्रो सारा जुनी
मात्र एकैछिन केवल दुइ शब्द
सत्य त हाम्रो येती नै त हो नि
जति बढ्दो छ उमेर, तेती घट्दो छ आट
एक्लो जननीको मुनि
आकाश भै आजको राती अनगिन्ती होला सपनाहरुका
बिम्ब कति बिम्ब
तिम्रो-मेरो सपनाले
रंगिएको छ हो आज आकाश
बिम्बआकाश, बिम्बआकाश, बिम्बआकाश, बिम्बआकाश
बिम्बआकाश, बिम्बआकाश, बिम्बआकाश, बिम्बआकाश
Bimbaakash was written by Bartika Eam Rai.
Bimbaakash was produced by Diwas Gurung.
Bartika Eam Rai released Bimbaakash on Fri Feb 12 2016.